मालदिभ्सका पूर्वराष्ट्रपति बम हमलामा घाइते

मालदिभ्सका पूर्वराष्ट्रपति बम हमलामा घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको बम विष्फोटमा घाइते भएका छन्।उनी माल्दिभ्सको संसद्‌का बहालवाला सभामुख पनि हुन्। सत्ताधारी माल्दिभियन डेमोक्र्याटिक पार्टीका समर्थकहरूले बताएअनुसार उनी आफ्नो घरबाहिर रहेको कारमा सवार हुन लाग्दा बिहीवार उक्त विस्फोट भएको थियो।

मालदिभ्स प्रहरीले ट्विटमार्फत घटनाबारे जानकारी दिँदै घाइते भएका नाशिदको एक अस्पतालमा उपचार भइरहेको जनाएको छ। अस्पतालका अनुसार मोहम्मद नाशिदलाई धेरै ठाउँमा चोट लागेको छ तर उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ। उनका समर्थकहरु अस्पतालबाहिर भेला भएका छन्। माल्दिभ्सका हालका राष्ट्रपति इबु सोलिहले एउटा ट्वीटर सन्देश लेख्दै प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन थालेको जानकारी दिएका छन्।

मोहम्मद नाशिद माल्दिभ्समा प्रजातान्त्रिक रूपमा निर्वाचित प्रथम राष्ट्रपति हुन्। सन् २००८ मा भएको बहुदलिय निर्वाचनमा विजयी भएर उनी राष्ट्रपति बनेका थिए। तर त्यसको चार वर्षपछि एउटा सैनिक विद्रोहबाट उनलाई सत्ताच्यूत गरिएको थियो।