एकै दिन ११ सयले बढ्यो सुनको भाउ

एकै दिन ११ सयले बढ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको भाउ आज एकै दिन १ हजार १ सय रुपैयाँले बढेको छ ।

हिजो ९० हजार ६सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको भाउ पनि ११ सय रुपैयाँले बढेर ९१ हजार २ सय कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि प्रति तोला ३५ रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बढेर १ हजार ३ सय ५० पुगेको छ । नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहेको छ ।