काठमाण्डु – नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यको उम्मेद्वार बनाएको छ ।
शुक्रबार बिहान बसेको एमाले स्थायी कमिटीको बैठकले बादललाई राष्ट्रियसभा सदस्य बागमती प्रदेशको उम्मेद्वार बनाएको हो ।
मनोनयनका लागि गृहमन्त्री बादल हेटौंडा गएका छन् । उनको साथमा एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल, प्रधानमन्त्रीका कानून विज्ञ बाबुराम दाहाललगायतको टोली पनि हेटौंडा गएको छ ।





प्रतिक्रिया