उम्मेदवारी दर्तापछि बादलको प्रतिक्रियाः निर्वाचनमा मेरो जित निश्चित छ

उम्मेदवारी दर्तापछि बादलको प्रतिक्रियाः निर्वाचनमा मेरो जित निश्चित छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा सदस्यका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।

शुक्रबार हेटौंडामा राष्ट्रियसभा सदस्यको मनोनयन दर्ता गर्दै गृहमन्त्री बादलले आफ्नो जित सुनिश्चित भएको बताएका हुन् ।

उनले वाम गठबन्धनका उम्मेदवार  डा. खिमलाल देवकोटालाई एमालेले मत हाल्छ भन्नु हल्ला मात्र भएको बताएका हुन् । गृहमन्त्री बादलले अहिले प्रदेशको ९ हजार ६ सय ६४ मत मध्ये एमालेको पक्षमा ५ हजार १ सय ३० मत रहेको बताएका छन् ।

‘एमालेको मतले नै के स्पष्ट गरेको छ भने यो निर्वाचनमा मेरो जित निश्चित छ, पार्टीभित्रबाट स्वतन्त्रलाई मत जान्छ भन्ने हल्ला मात्र हो,’ उनले भने ।