सरकारको स्पष्टिकरणः सेरममा आगलागी हुँदा खोप आउन ढिलाइ भयो

सरकारको स्पष्टिकरणः सेरममा आगलागी हुँदा खोप आउन ढिलाइ भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले भारतको सेरम इन्स्टिच्युटमा भएको आगलागीका कारण खोप आउन ढिलाइ भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदबारे विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारमा सत्यता नरहेको स्पष्ट पारेको छ ।

मन्त्रालयले आज सूचना जारी गरी सेरम कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेबित्तिकै खोप ल्याइने जानकारी दिएको छ ।

‘खोप वर्तमान विश्व परिस्थिति र भारतको अवस्थाले सेरम इन्स्टिच्युट ईन्डियाले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले क्षमता विस्तार हुने बित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ,’ मन्त्रालयको प्रष्टीकरण पत्रमा भनिएको छ ।

खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैंले निर्णय गर्ने भएकोले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरि आएका समाचारहरुमा सत्यता नरहेको समेत दाबी गरेको छ ।

यसअघि सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप ल्याउन नेपालको स्थानीय एजेन्ट हुकम डिस्ट्रिव्युटर्स प्रालिको कमिसन नमिल्दा खोप आउन नसकेको भनि समाचार बाहिरिएको थियो ।