काठमाण्डु- जनता समाजवादी पार्टी नेता केशब झाले जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोबीच कुनै बिवाद नभएको दाबी गरेका छन् । उनले दुवै नेताबीच असमझदारी भएको भन्ने समाचारमा कुनै सत्यता नभएको दावी गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएपछि जसपाभित्र मत दिने वा नदिने भन्नेबारे बिवाद भएको समाचार आएको थियो ।
अहिले जसपामा अध्यक्ष ठाकुरको बहुमत छ । तर, जसपाका नेता महतोसहित सांसदहरु शरतसिंह भण्डारी र निर्जला रावतले हस्ताक्षर नगरेपछि बिवाद भएको अनुमान गरिएको थियो ।
जसपाभित्र अध्यक्ष ठाकुरसहित नेता महतो पनि प्रधानमन्त्री ओलीसंगै सहकार्य गर्ने पक्षमा थिए । पछिल्लो समय दुवै नेताबीच पावर सेयरिंगमा कुरा नमिलेको जसपा स्रोत बताउंछ ।
जसपा नेता झाले दुबै नेताबीच कुनै पनि बिवाद नरहेको भन्दै चांडै ठोस निर्णय आउने बताए ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव भने माओवादी केन्द्र र कांग्रेससंग मिलेर प्रधानमन्त्री ओलीको विकल्प खोज्ुनपर्ने पक्ष्ँमा छ । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने त्यसका लागी तयार बनिसकेका छैनन ।




प्रतिक्रिया