देउवा र प्रचण्डबीच भेटवार्ता, विश्वासको मत असफल बनाउने सहमति

देउवा र प्रचण्डबीच भेटवार्ता, विश्वासको मत असफल बनाउने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो सभापति देउवा र अध्यक्ष प्रचण्डबीच बुढानिलकण्ठमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको विश्वासको मत असफल बनाउने सहमति भएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

त्यस्तै प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले पनि समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको जानकारी दिए ।

बिहीबार साँझ नेकपा एमालेका नेता माधवकुमार नेपाल र देउवाबीच पनि भेटवार्ता भएको थियो । हिजोको भेटवार्ता पनि प्रधानमन्त्रीविरुद्धमा रहेको बताइएको छ ।