काठमाण्डु – जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने सहमति भएको छ ।
महतोले आफूलाई संसदीय दलको नेता बनाउनुपर्ने माग राख्दै आएका थिए । सोही बमोजिम उनलाई संसदीय दलको नेता बनाउने सहमति भएको जसपा स्रोतले जानकारी दियो ।
यही विषयलाई लिएर अध्यक्ष महन्थ ठाकुरसँग महतोको असमझदारी भएको खबर बाहिरिएको थियो । उनले ठाकुरसँग पावर सेयरिङ हुनुपर्ने माग राख्दै आएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएपछि जसपाभित्र मत दिने वा नदिने भन्नेबारे बिवाद भएको समाचार आएको थियो ।
अहिले जसपामा अध्यक्ष ठाकुरको बहुमत छ । तर, जसपाका नेता महतोसहित सांसदहरु शरतसिंह भण्डारी र निर्जला रावतले हस्ताक्षर नगरेपछि बिवाद भएको अनुमान गरिएको थियो ।
जसपाभित्र अध्यक्ष ठाकुरसहित नेता महतो पनि प्रधानमन्त्री ओलीसंगै सहकार्य गर्ने पक्षमा थिए । पछिल्लो समय दुवै नेताबीच पावर सेयरिंगमा कुरा नमिलेको जसपा स्रोत बताउंछ ।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव भने माओवादी केन्द्र र कांग्रेससंग मिलेर प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छ ।




प्रतिक्रिया