शनिबार तपाईंको राशिफलले के भन्छ ? हेर्नुहोस भाग्यफल

शनिबार तपाईंको राशिफलले के भन्छ ? हेर्नुहोस भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – विसं २०७८ साल वैशाख २५ गते शनिबार । इस्वी सन् २०२१ मार्च ०८ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर २२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ३९ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम छ । परिवारका साथ घरमै बसी समय व्यातित गर्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) पढाइ लेखाइमा मन जानेछ भने बैङ्किङ क्षेत्रको लगानी फस्टाएर जानेछ ।  दाजुभाइ तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउन सकिनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ ।माया प्रेममा सामीप्यता बढेर जानेछ भने विलाशी वस्तुको प्रयोगमार्फत अरूको मन आफूतिर तान्न सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)  पढाइ लेखाइमा परिणाममुखी उपलब्धि हासिल गर्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको गाँठो कसिलो भएर जानेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)  खोजमूलक क्षेत्रमा समय लगानी गर्नेहरूका लागि समय उत्तम छ । नीति नियम तथा कानुनको जगेर्ना गर्ने काममा तथा पद्धतिको खिलाप लाग्नेविरुद्ध आवाज बुलन्द गर्नुपर्ने हुन सक्छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  पढाइ लेखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । मातापिताको सहयोगले राम्रो काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)  पढाइ लेखाइमा उत्कृष्ट नतिजा आउने हुँदा घरपरिवार तथा आफन्तहरू खुसी हुनेछन् । पुराना स्वास्थ्यसम्बन्धी समस्या हल भएर जानेछन् भने सङ्कटबाट मुक्ति मिल्ने समय छ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । विभिन्न भौतिक वस्तु तथा विलाशी सामानको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  आमा वा अग्रजको सुझावलाई मनन गर्दै अगाडि बढ्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । घरजग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट मनग्य धन लाभ हुनेछ भने माया प्रेममा सामीप्यता बढेर जाने योग छ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुनेछ भने उपाहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
बोलीको प्रभाव बढ्ने हुँदा बोलीकै भरमा काम हुनेछन् । कार्यक्षेत्रमा तपाईंको निर्णयको उच्च कदर हुनेछ । आफन्त तथा परिवारका सदस्यहरू तपाईंको कामदेखि खुसी हुनेछन् । पारिवारिक माहोलमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची) विदेशमा श्रम गर्नेहरूले मनग्य धन तथा सम्पत्ति जोड्न सक्नेछन् । अध्ययनमा मन सुधार हँुदै जानेछ भने आफन्त सहयोगले शरीरमा थप ऊर्जा बढ्नेछ ।