प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदकाे ‘आकस्मिक’ बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदकाे ‘आकस्मिक’ बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदकाे आकस्मिक बैठक बोलाएका छन् । बैठक शनिबार साँझ ५ बजेलाई बोलाएको एक मन्त्रीले जानकारी दिए । सामान्यतयाः सोमबार र बिहीबार नियमित बैठक बस्ने गर्छ ।

आज बोलाइएको बैठकका एजेण्डा पनि खुलाइएको छैन,आजको बैठकलाई निकै चासोका साथ हेरिएको छ । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन प्रतिनिधिसभा अधिवेशन आह्वान गरेपछि राजनीतिक माहोल तातेको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उनको सक्रियता बढ्दै गएकाे छ ।यसअघि प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि बाेलाएका छन् ।