चिनियाँ खोप सिनोफार्मलाई डब्लुएचओको अनुमति

चिनियाँ खोप सिनोफार्मलाई डब्लुएचओको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोप भेरोसेललाई आपत्कालीन प्रयोगकालागि अनुमति दिएको छ ।

डब्लुएचओले शुक्रवार यो खोपलाई आपत्कालीन प्रयोगमा ल्याउनका लागि अनुमति दिएको हो । यसअघि डब्लुएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिएको थियो ।

सिनोफार्मको खोप चीनले यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध गराइसकेको छ । अफ्रिका, ल्याटिन अमेरिका र एसियाका धेरै देशहरूले चिनियाँ सिनोफार्मको खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छन् ।