शेयर बजार १८ अंकले घट्यो, ६ अर्ब १४ करोडको कारोबार

शेयर बजार १८ अंकले घट्यो, ६ अर्ब १४ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साताको पहिलो दिन आइतबारको शेयर बजार परिसूचक १८ अंकले घटेर २ हजार ६सय १८ बिन्दुमा झरेको छ । आज व्यापार समूहको शेयर ६१ अङ्कले घटेको छ ।

जलविद्युतको ३४, होटल तथा पर्यटन समूहको झण्डै ४२, फाइनान्सको २१, माइक्रोफाइनान्सको ९७, जीवन बीमा समूहको १ सय ४७, निर्जीवन बीमा समूहको ३१, उत्पादनको ९२ र अन्य समूहको शेयर २८ अङ्कले घटेको छ ।

आइतवार दुई सय १९ कम्पनीका एक करोड २७ लाख कित्ता शेयर ६ अर्ब १४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनसीसी बैंकको २८ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज समता घरेलु लघुवित्त र रुरु जलविद्युत परियोजनाको सेयर मूल्य करिब १०÷१० प्रतिशतले बढेको छ । महिला लघुवित्त, बिशाल बजार कम्पनी, सिंगटी हाइड्रोपावर र युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १०/१० प्रतिशतले नै घटेको छ ।

एनसिसि बैंकको सर्वाधिक २९ करोड रुपैयाँको सेयर किनबेच हुँदा कुमारी बैंकको २८ करोड, महिला लघुवित्तको २३ करोड, हिमालयन डिष्टिलरी र एचआइडिसिएलको समान २३/२३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।