गण्डकीमा नयाँ सरकार निर्माणमा विपक्षीको प्रयास विफल, गुरुङ नै मुख्यमन्त्री

गण्डकीमा नयाँ सरकार निर्माणमा विपक्षीको प्रयास विफल, गुरुङ नै मुख्यमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामाको समयसीमा आज सकिँदैछ । प्रदेशसभामा बहुमत नपुगेपछि मुख्यमन्त्री गुरुङले केही दिन अगाडि पदबाट राजीनामा दिएका थिए ।

गण्डकीमा विपक्षी दलले नयाँ सरकार बनाउन गरिरहेको कसरत अन्ततः विफल भएको छ । विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा मिलेर नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाएका थिए ।

तर, जनमोर्चाका एक जना सांसदले नयाँ सरकारका विषयमा असहमति प्रकट गर्दा विपक्षी दलको नयाँ सरकार बनाउने चाहना तुषरापात भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद सांसद कृष्ण थापाले हस्ताक्षर नगरेपछि नयाँ सरकार निर्माणको प्रक्रिया रोकिएको हो ।

विपक्षी दलहरुले नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका लागि अघि सारेका थिए । बहुमत जुट्न नसकेपछि तत्काल नयाँ सरकार बन्ने सम्भावना टरेर गएको कांग्रेसका नेता स्वीकार गर्छन् । नेपाली कांग्रेसका सांसद विष्णु प्रसाद लामिछानेले राजमोका कारण नयाँ सरकार निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताए ।

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नयाँ सरकार निर्माणका लागि ३१ सांसद चाहिन्छ । तर, जनमोर्चाका सांसद सांसद थापाले हस्ताक्षर गर्न नमानेपछि नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्न नसकेको हो । नयाँ सरकारका पक्षमा कांग्रेसका १५, माओवादीका ११, जसपाका र जनमोर्चाका दुई/दुई जना सांसद छन् ।

सोमबार राजमोकी सचेतक पियारी थापाले ह्वीप जारी गरेर विपक्षी दलहरुलाई समर्थन गर्न आह्वान गरेकी थिइन् । तर, ह्वीपको विरुद्धमा थापाले हस्ताक्षर गर्न नमानेका हुन् । थापाको अडानसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ ।