काठमाण्डु – नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीले पार्टी विभाजन गर्न लागेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत नेता भुसालले पार्टी अध्यक्ष ओलीले झलनाथ खनाल र माधव नेपाललाई गाली गरेर पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका हुन् ।
‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ’, उनले भनेका छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता भुसालले आफूहरुले प्रधानमन्त्री ओली समक्ष आत्मसमर्पण गर्नु भनेको क्रान्तिप्रति गद्दारी भएको बताएका छन् ।
‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ’, उनले भने ।
पूर्वमन्त्रीसमेत रहेका नेता भुसालले उनले विदेशी शक्तिहरुतर्फ संकेत गर्दै नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर आफूहरुसँग बदला लिन कस्सिएको आरोप लगाएका छन् ।
‘आज हामी विरुद्ध गरिएका गालीगलौजले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन’, उनले भने ।




प्रतिक्रिया