काठमाण्डु – नेपाली बजारमा सुनको भाउ आज ३ सय रुपैयाँ घटेको छ ।
मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा ३ सय रूपैयाँले घटेर ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन आज ९१ हजार ५सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज पनि १३ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया