सुर्खेत- कर्णाली प्रदेश सरकारका दुई जना मन्त्रीहरुले राजीनामा दिएका छन् । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र सामाजिक विकास मन्त्री विमला केसीले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा दिएकी छन् ।
मुख्यमन्त्री शाहीले दुवै जनाको ठाउंमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेत पश्चिमबाट निर्वाचित विन्दमान विष्टलाई मन्त्रीमा नियुक्त गरेका छन् ।
विष्ट माओवादी केन्द्रका नेता शक्तिबहादुर वस्नेत गृहमन्त्री हुंदा उनका स्वकिय सचिव थिए भने शर्मा अर्का नेता जनार्दन शर्माका भाई हुन । मुख्यमन्त्री शाहीले विष्टलाई आन्तरिक मामिला र शर्मालाई सामाजिक विकास मन्त्रालयको जिम्मा दिने तयारी गरेका छन् ।
सामाजिक विकासमन्त्री केसी शर्माकी नाताले बुहारी हुन भने भण्डारी बस्नेत निकट नेता हुन । नवनियुक्त मन्त्रीहरुको सपथ आजै हुने कार्यक्रम छ ।




प्रतिक्रिया