सुनको भाउ घट्न थाल्यो, प्रतितोला ९१ हजार ६ सय कायम

सुनको भाउ घट्न थाल्यो, प्रतितोला ९१ हजार ६ सय कायम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको भाउ घट्न थालेको छ । गत मंगलबार अधिकतम ९२ हजार ३ सय रुपैयाँ पुगेको सुनको मूल्य क्रमशः घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ । हिजो ९२ हजार रुपैयाँमा कारोबार भएको सुन तोलाको ४ सय रुपैयाँ घटेर बिहीबार ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आज तेजाबी सुनको मूल्य ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँ घटेको छ । आज चाँदी प्रति तोला एक हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ ।