काठमाण्डु – साताको अन्तिम दिन आज नेप्से परिसूचक १० दशमलव १३ अङ्कले बढेर २६ सय ४ दशमलव शून्य एक विन्दुमा पुगेको छ ।
दिनभर भएका ८६ हजार २ सय ९६ कारोबारबाट २ करोड १९ लाख ५५ हजार ९४३ सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ६ लाख ८५ हजार २ सय ८० रुपैयाँ कारोबार रकम पुगेको छ । आज बैंकिङ समूहको शेयर तीन अङ्कले बढेको छ ।
यस्तै विकास बैंक समूहको शेयर ७१ अङ्कले, जलविद्युतको ३७ अङ्कले, फाइनान्सको ६० अङ्कले, माइक्रोफाइनान्सको पाँच अङ्कले, जीवन बीमा समूहको शेयर ८५ अङ्कले, निर्जीवन बीमा समूहको साढे पाँच अङ्कले र अन्य समूहको शेयर १३ अङ्कले बढेको छ ।




प्रतिक्रिया