वीरगञ्जका बैंकहरुमा नगद कारोबार बन्द

वीरगञ्जका बैंकहरुमा नगद कारोबार बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वीरगञ्जका बैंकहरुले आजदेखी नगद कारोबार बन्द गरेका छन् । वीरगञ्ज क्षेत्रका बैंकहरुले दिने सेवामा कटौती गर्दै अत्यावश्यक सेवा मात्रै दिने निर्णय गरेका हुन् ।

कोरोनाको दोस्रो लहरमा निजी तथा सरकारी बैंकका गरी वीरगञ्जमा मात्रै ९१ जनाभन्दा बढी कर्मचारीहरु संक्रमित भएपछि बैंकहरु थप सावधानी अपनाउन नगद कारोबार बन्द गर्ने निर्णयमा पुगेका हुन् ।

वीरगञ्ज बैंकर्स एसोसियसनले सूचना जारी गर्दै सम्पूर्ण बैंकबाट प्रवाह हुने सेवामा नगद कारोबार बन्द हुने जनाएको छ ।

यद्यपि, चेक क्लियारिङ, आरटीजीएस, आइपीएस, एलसी र भन्सार सम्बन्धी महत्वपूर्ण कामहरु भने नरोकिने बताइएको छ । विद्युतीय कारोबारलाई प्राथमिकता दिन एसोसिएसनले आग्रह गरेको छ ।