ओली र नेपालबीच सिंहदरबारमा वार्ता सुरु

ओली र नेपालबीच सिंहदरबारमा वार्ता सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । आइतबार सिंहदरबारमा  प्रधानमन्त्री ओली र नेता नेपालबीचको भेटवार्ता सुरु भएको हो ।

आजको बैठकले केही दिन अगाडि गठन भएको कार्यदलबारे टुंगो लगाउने बताइएको छ । पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि कार्यदल गठन गरिएको थियो ।

नेपाल समूहले कार्यदलमा पूर्वमाओवादीका नेताहरुलाई सहभागी नगराउन नहुने अडान लिँदै आएको छ । तर, प्रधानमन्त्री अ‍ोलीले कर्यादलमा गृहमन्त्री रामबहादुर थापा बादल वा टोपबहादुर रायमाझीमध्ये उक जनालाई राख्ने तयारी गरेका छन् ।

कार्यदलमा नेता नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे,गोकर्ण बिष्ट र रघुजी पन्त रहेका छन् ।