काठमाण्डु – नेकपा एमालेको विवाद सुल्झाउन कार्यदल गठन गरिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चलेको करिब २ घण्टाको वार्तामा पार्टीको आन्तरिक समस्या हल गर्न कार्यदल बनाउने निर्णय भएको हो ।
सोही निर्णय अनुसार १० सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।
कार्यदलको सदस्यमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन् ।
कार्यदलले तयार पारेको खाकाका आधारमा पार्टीभित्रका समस्या सुल्झाउदै जाने नेता नेपालले बताए । दुवै नेताबीच २०७५ जेठ २ मा फर्किने सहमति भएको छ ।




प्रतिक्रिया