प्रधानमन्त्री ओलीले पुनः शपथ ग्रहण गर्नुपर्छः उपेन्द्र यादव

प्रधानमन्त्री ओलीले पुनः शपथ ग्रहण गर्नुपर्छः उपेन्द्र यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः शपथ ग्रहण गर्नुपर्ने बताएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले प्रधानमन्त्री ओलीको शपथग्रहण अवैधानिक भएकाले बदर गरेर पुनः शपथ लिनुपर्ने बताएका हुन् ।

‘राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी ‘सत्यनिष्ठापूर्वक त्यो पर्दैन’ भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ’, उनले विज्ञप्तिमा भनेका छन् ।

त्यस्तै उनले राजदूत नियुक्तीका विषयमा पनि आपत्ति जनाएका छन् । संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्त बमोजिम राजदूुतहरु नियुत्त गर्नुपर्ने व्यवस्था भएकोमा पटकपटक राजदूत नियुक्ती गर्दा समावेशी आधारमा नगरेको र त्यसको मापदण्डसमेत उल्लंघन भएको बताएका हुन् ।

अध्यक्ष यादवले राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यस सम्बन्धमा मापदण्डका आधारमा नियुक्ती गर्न पनि माग गरेका छन् ।