काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले साेमबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् । देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति देशभर सामान्य बदली रही देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।




प्रतिक्रिया