मन्त्रिमण्डल पुर्नगठन गर्ने मुख्यमन्त्री गुरुङको तयारी

मन्त्रिमण्डल पुर्नगठन गर्ने मुख्यमन्त्री गुरुङको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् ।

बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेका छन् । स्वास्थ्यमा सुधार भइरहेकाले मुख्यमन्त्री गुरुङले सम्बवत आजै मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

पदबाट राजीनामा दिएका मुख्यमन्त्री गुरुङले होम आइसोलेसनबाटै शपथग्रहण गरेका थिए । तर, नियमित काममा फर्किन नसक्दा मन्त्रिमण्डल पुर्नगठन हुन सकिरहेको थिएन ।

गण्डकीमा सात वटा मन्त्रालय रहेका छन् । जसअनुसार राजिव गुरुङ युवा तथा खेलकुद मन्त्रालय, रामशरण बस्नेत भौतिक पूर्वाधार र आन्तरिक मामिला तथा कानून मन्त्रालय, किरण गुरुङ आर्थिक मामिला तथा योजना मन्त्रालय, नरदेवी पुन मगर  सामाजिक विकास मन्त्रालय, विकास लम्साल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र मुख्यमन्त्री गुरुङले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफैंले राखेका छन् ।

गत वैशाख २६ गते पदबाट राजीनामा दिएका मुख्यमन्त्री गुरुङले वैशाख २९ गते संसदमा सबैभन्दा ठूलो दलको हैसियतले पुनः शपथ लिएका थिए ।

उनलाई प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ (३) अनुसार सदनमा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनले पुनः एक महिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।