राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाऊ : विवेकशील साझा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाऊ : विवेकशील साझा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन विपक्षी दलहरूलाई आह्वान गरेको छ ।

पार्टी प्रवक्ता शरदराज पाठकले आज विज्ञप्ति जारी गर्दै संविधानको रक्षा गर्ने जिम्मेवारी बोकेको राष्ट्रपतिबाट नै पटकपटक संविधानको साख गिराउने काम भएको भन्दै उनलाई महाभियोग लगाउनु पर्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृखलाबद्ध रूपमा भइरहेका प्रहारप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति सरकारको रबर स्ट्याम्परह बनेको विवेकशीलको आरोप छ ।

त्यसमाथि वैकल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मात्र समय दिइनु ओलीलाई नै फेरि प्रधानमन्त्री बनाएर संसद् विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने पुरानै षड्यन्त्रको निरन्तरता रहेको विज्ञप्तिमा उल्लेख छ ।