महन्थलाई प्रधानमन्त्री बनाउन उपेन्द्रको प्रस्ताव, देउवा भेट्न जाँदै प्रचण्ड

महन्थलाई प्रधानमन्त्री बनाउन उपेन्द्रको प्रस्ताव, देउवा भेट्न जाँदै प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव अघि सारेका छन् ।

शुक्रबार बिहान नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पलकम दाहाल प्रचण्डसँगको भेटमा अध्यक्ष यादवले ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले यादवको उक्त प्रस्तावलाई प्रचण्डले सकारात्मक रुपमा लिएको बताए ।

‘उपेन्द्रजीले महन्थजीलाई प्रधानमन्त्री बनाऔं न त भएको छ । जवाफमा प्रचण्ड कमरेडले सबै विकल्पमा छलफल गरेर अघि बढ्न सकिने बताउनुभयो,’ पूर्वमन्त्रीसमेत रहेका नेता पुनले भने ।

त्यस्तै प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ जाँदैछन् । उनले जसपाको उक्त प्रस्ताव र सरकारका विषयमा छलफल गर्नेछन् ।

स्रोतका अनुसार प्रचण्ड १२ बजे सभापति देउवासँग भेटने कार्यक्रम तय भएको छ । साथै उक्त भेटपछि माओवादी केन्द्रका स्थायी कमिटी बैठक बोलाइएको छ । बैठकले आजको रणनीतिबारे निर्णय गर्नेछ ।