तटस्थ बस्ने जसपा ठाकुर पक्षको निर्णय

तटस्थ बस्ने जसपा ठाकुर पक्षको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सकिएको छ । सिंहदरबारमा बसेको जसपा अध्यक्ष महन्थ ठाकुर समूहका सांसदहरुको बैठक सकिएको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ठाकुरले आफुहरु तटस्थ रहने निर्णय गरेको बताएको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा नरहेको बताएका छन् । उनले देश मध्यावधी निर्वाचनमा नजाने बताएका छन् ।

त्यस्तै वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीको कुर्सीका लागि नभई जनताको हितमा काम हुनुपर्ने बताएका छन् ।

‘साँचोको प्रयोग देश र जनताको हितमा हुनुपर्छ । प्रधानमन्त्रीको कुर्सीका लागि होइन’, उनले भने ।

नेता महतोले आफूहरु प्रधानमन्त्रीको कुर्सीको दौडमा नरहेको स्पष्ट पारेका छन् । उनले कुर्सीको लडाईंले देश र जनता बर्बाद भएको भन्दै आफूहरु देश र जनताको माग र मुद्दाको दौडमा रहेको बताए ।

‘हामी प्रधानमन्त्रीको कुर्सीको दौडमा छैनौं । जनताको माग र मुद्दाको विषयको दौडमा छौं’, उनले भने ।

बैठकमा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव समूह भने अनुपस्थित रहेको थियो ।