काठमाण्डु – संविधान संशोधनका विषयमा सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ ।
कार्यदलमा एमालेबाट पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल,सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।
सरकारले जसपाको माग सम्बोधन गरेकाले महन्थ ठाकुर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने जनाइसकेको छ ।
कतिपय माग सम्बोधनको प्रकृयामा रहेपनि ओलीलाई समर्थन गरेको जसपा अध्यक्ष ठाकुरले बताए । ओली र ठाकुरबीच सत्ता सहकार्यका बिषयमा पनि सहमति भएको छ ।




प्रतिक्रिया