नेपाल समूहलाई प्रधानमन्त्रीले भनेः ईतिहासमै कलंकीत हुने अपराध गरे

नेपाल समूहलाई प्रधानमन्त्रीले भनेः ईतिहासमै कलंकीत हुने अपराध गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले बैकल्पिक सरकार पनि बनाउन नसक्ने र विश्वासको मत पनि नदिएर सरकारलाई काम गर्न अफ्ट्यारो पार्ने मात्र काम गरेको बताएका छन् ।

आज पत्रकारहरुसंगको भेटमा उनले आफ्नो सरकार ढाल्न पार्टीभित्रकै शक्ति लागेको बताए । उनले भने ‘सरकारले विकास नगरेर होइन यहाँ त दलहरुको उदेश्य प्रधानमन्त्री फेर्ने मात्र भयो ।’

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षलाई लक्षित गर्दै उनले पार्टीभित्रका २७ जना सांसदहरु विपक्षीसंग मिलेर आफुलाई ढाल्न खोजेर ईतिहासमै कलंकीत हुने अपराध गरेको बताए ।

राष्ट्रपतिले दिएको समयमा बैकल्पिक सरकार बनाउन आग्रह समेत गरेका छन् । अन्य दलले बैकल्पिक सरकार बनाए आफुहरु प्रतिपक्षमा बसेर सहयोग गर्न तयार भएको बताए । कोभिड १९ महामारी विरुद्ध लड्न एकजुट हुन समेत आग्रह गरे ।