काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध लाग्ने बताएका छन् । आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले ओलीलाई सत्तामा राखिरहन नहुने बताएका हुन् ।
त्यकालागि गठबन्धनमा सहमति जुटे प्रधानमन्त्रीकै रुपमा दाबी गर्ने भएका छन् । ओलीवरोधी गठबन्धनले नेपाललाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने अवस्थामा थप एमाले सांसदहरुले साथ दिने वचन दिएको बुझिएको छ ।
आफ्नो समूहमा ४० भन्दा बढी सांसद संख्या पुगेमा नेपाल समूहले सांसदबाट राजीनामा दिने नभई गठबन्धनको प्रधानमन्त्रीकै दाबी गर्ने भएको हो । यथास्थितिमा नेपाल समूहमा २० प्रत्यक्ष र ८ समानुपातिक गरी २८ जना खुलेका छन् ।
यसअघि नेपाल समूह छाडेका सांसदहरु पनि उनीसँग सम्पर्कमा रहेको र ४० भन्दा बढीले साथ दिने वचन दिइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ । अहिले माधव नेपाल समूहले हस्ताक्षर संकलन गरिरहेको छ ।
यो संख्याको साथ लिएर राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउने देखि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गर्ने तयारी भएको छ ।
यसै बिषयमा छलफलका लागि नेता नेपाल, भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत २० भन्दा बढी सांसदहरु सिंहदरबार पुगेका छन् । विपक्षी गठबन्धनको बैठक दिउँसो ३ बजे फेरी बस्ने बताइएको छ ।




प्रतिक्रिया