गणतन्त्रलाई कमजोर बनाउन राष्ट्रपतिको विरोधः प्रधानमन्त्री ओली

गणतन्त्रलाई कमजोर बनाउन राष्ट्रपतिको विरोधः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरु गणतन्त्रलाई कमजोर बनाउने खेलमा लागेको बताएका छन् ।

आज पत्रकार सम्मेलनमा उनले राष्ट्रपति गणतन्त्रको प्रतीक भएको उल्लेख गर्दै राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भएको बताए । राष्ट्रपतिको विरोध गरेर गणतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘राजतन्त्रको प्रतिक राजा हुन्छ, गणतन्त्रको प्रतिक राष्ट्रपति , गणतन्त्रमा राजा हुदैन ।’ उनले आफूले गरेका सिफारिसमा आफू जवाफदेही भएको बताउँदै त्यसमा राष्ट्रपतिलाई अनावश्यक रुपमा विवादमा नमुछ्न पनि आग्रह गरेका छन् ।

त्यस्तै आफू अनुकुलका सिफारिस नभएकैले राष्ट्रपति संस्थाको मर्यादा नराखिएको उनको भनाइ थियो ।

उनले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले निर्णय गर्ने भएकाले राष्ट्रपतिका काम, कर्तव्य र अधिकारबारे सामान्य जानकारी पनि नराखेर विवादमा मुछ्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।