सरकार निर्माणका लागि विपक्षीको अन्तिम कसरत, नेपालसहितका नेताको बैठक सुरु

सरकार निर्माणका लागि विपक्षीको अन्तिम कसरत, नेपालसहितका नेताको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धन दलको बैठक सुरु भएको छ । सरकार गठनका लागि विपक्षी गठबन्धनले अन्तिम कसरत सुरु गरेका हुन् ।

शुक्रबार सिंहदरबारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले माधव नेपाल समूहबीचको वार्ता सुरु भएको हो ।

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई लगायत सहभागी छन् ।