काठमाण्डु –नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हालेको बताएका छन् ।
थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरूङमा हालेको भन्दै महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिँ र यत्तिमै रोकिने वाला नभएको बताएका हुन्।
सामाजिक सञ्जालमा लेख्दै थापाले महामारीमा समेत यस्तो अधर्म गर्न सक्ने ‘देशघाती जोडी’ यहीँ र यतिमै नरोकिने समेत टिप्पणी गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि थापाले आक्रोश पोखेका हुन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीले ‘निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न’ पनि सबैलाई आग्रह गरेका छन् । सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र चुनावको मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।




प्रतिक्रिया