एमालेको स्थायी कमिटी बैठक बस्दै ,माधव नेपाल पक्षलाई कारवाही गर्ने सम्भावना

एमालेको स्थायी कमिटी बैठक बस्दै ,माधव नेपाल पक्षलाई कारवाही गर्ने सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदले शुक्रबार प्रमुख प्रतिपक्षी दल  कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘प्रधानमन्त्री पदमा समर्थन गर्दै हस्ताक्षर गरे’ पछि पार्टी विवाद झन् चुलिएको छ । आजको बैठकमा सोही बिषयले प्राथमिकता पाउने जनाइएको छ ।

राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार हराउन भूमिका खेलेको विषय पनि बैठकको एजेण्डा रहेको बताइएको छ । यस्तैआजको बैठकले प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पार्टीको रणनीति तय गर्ने नेताहरुले बताएका छन् ।

एमाले अध्यक्ष एवं संसदीय दल नेता ओलीले आफूविरुद्ध हस्ताक्षर गर्ने सांसदलाई कारबाही गर्ने प्रतिक्रिया दिएकाले आजको बैठकबाटै कारवाही गर्ने सम्भावना बढेको एमाले वृत्तमा चर्चा छ ।