काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा राजसंस्था स्थापित गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई खेलौना बनाएको उल्लेख गर्दै नेपालको संविधान भित्र राजसंस्था आवश्यक भइसकेको दावी गरे ।
संसद विघटनप्रति लक्षित गर्दै उनले निर्वाचन सामान्य विषय भएपनि संविधान सम्मत हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले कोभिड महामारीका बेला जनता घरबाट निस्कन नसक्ने अवस्थालाई सत्ता स्वार्थको पक्षमा उपयोग गरेको उनको आरोप छ ।
‘अब एउटा झुट छोप्न अरु अनेकौं झुट र अन्यायको श्रृङखला सुरु भएको छ,’ उनले भने, ‘यो संविधानको प्रजातान्त्रिक अस्तित्व समाप्त पार्ने प्रयास निन्दनीय छ ।’ संविधानभित्रको राजसंस्थाबारेको पुर्वाग्रहलाई दलहरुले अब पुनर्विचार गर्नु आवश्यक भइसकेको अध्यक्ष लोहनीको भनाई छ ।




प्रतिक्रिया