प्रतिनिधिसभा विघठन गर्ने कदमको जसपाद्धारा स्वागत,चुनावी सरकारमा जाने तयारी

प्रतिनिधिसभा विघठन गर्ने कदमको जसपाद्धारा स्वागत,चुनावी सरकारमा जाने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा विघठन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई जनता समाजवादी पार्टीले स्वागत गरेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले त्यसको स्वागत गरेको हो । ठाकुर र महतो सुरुदेखी नै निर्वाचनको पक्षमा थिए ।

जसपा नेता सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्रीले संविधानसम्मत ढंगले काम गरेको भन्दै आफ्नो पार्टी ताजा जनादेशको पक्षमा रहेको बताए । सरकारले जसपाले उठाएका मागहरु पुरा गर्दै अघि बढेकाले अव आफ्नो पार्टी सरकारमा जाने सक्ने शुक्लाको भनाई थियो ।

जसपा प्रधानमन्त्रीको ओली नेतृत्वको चुनावी सरकारमा जाने तयारीमा छ । नेता राजेन्द्र महताको नेतृत्वमा जसपा सरकारमा जांदैछ । जसपाबाट शरदसिंह भण्डारी,राजकिशोर यादव, अनिल झा र लक्ष्मणलाल कर्णलगायत मन्त्री बन्दैछन् ।