अदालतले फेरी लोकतन्त्रकै पक्षमा फैसला गर्छ : अध्यक्ष प्रचण्ड

अदालतले फेरी लोकतन्त्रकै पक्षमा फैसला गर्छ : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले पहिलेजस्तै फेरि एकपटक लोकतन्त्र र संसद्को पक्षमा फैसला गर्नेमा आफूहरू विश्वस्त गरेको बताएका छन् ।

शनिबार विपक्षी गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले बहुमत सांसदको हस्ताक्षरसहित अदालत गएर सरकार बन्न सक्ने सम्भावना जीवित रहेको प्रमाणित हुँदा हुँदै मध्यरातिमा अपारदर्शी ढंगले संसद् विघटन गरिएको भन्दै कानुनी रूपमा प्रमाणित गर्ने बताए ।

चुनाव गर्नका लागि संसद् विघटन नगरिएको भन्दै यस्तो चुनावको अर्थ नहुने उनको भनाई छ । उनले भने ‘चुनाव गर्नका लागि घोषणा गरिएको होइन, असंवैधानिक रूपमा गरिएको चुनावको अर्थ छैन,’ शनिबार बसेको विपक्षी गठबन्धनको बैठकले संसद विघटनविरुद्ध राजनीतिक र कानुनी रूपमा लडाइँ लड्ने निर्णय पनि गरेको छ ।

विपक्षी गठबन्धनले बहुमत सांसदहरूको हस्ताक्षरसहित संसद विघटनविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ । त्यसका लागि आइतबार १ बजे सांसदहरूलाई नागरिकतासहित बानेश्वरस्थित संसद भवन बोलाइएको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।