संसद विघटन गर्नु अस्वभाविक र असंवैधानिक: सभामुख सापकोटा

संसद विघटन गर्नु अस्वभाविक र असंवैधानिक: सभामुख सापकोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।’

प्रधानमन्त्रीको उक्त कदम यसअघि पुस ५ को प्रतिनिधिसभा विघटनविरूद्ध ६७ दिनसम्म गरिएको संवैधानिक कानुनी र राजनीतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको फागुन ११ गतेको फैसलाविपरित भएको बताएका हुन् ।

संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेस भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै सार्वभौम प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न नसकिने सभामुखको भनाइ छ ।