काठमाण्डु – विसं २०७८ साल जेठ ०९ गते आइतबार । इस्वी सन् २०२१ मे २३ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १४ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेटमा ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मायाप्रेममा एकअर्काबीच नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) प्रेममा सामीप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग बसेर दिन व्यातित गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरूलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मीयता बढ्नेछ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) दाजुभाइ तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालनमार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइको सहयोग हुनेहुँदा मन प्रसन्न रहनेछ । मायाप्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यावसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एकअर्काबीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिने अधिक सम्भावना रहेको छ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) पढाइ लेखाइमा तपाईं आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउने योग रहेको छ ।
बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) मन कमजोर हुने हुँदा पढाइ लेखाइमा मन जानेछैन भने अरूभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउने तथा विभिन्न समस्याहरूको सामना गर्नुपर्नेछ ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) मायाप्रेममा एकअर्काबीच नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । पढाइलेखाइ प्रगति पथमा अगाडि बढ्ने हुँदा मन प्रसन्न रहनेछ ।
मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)आफूले पाएको अधिकारलाई भरपूर प्रयोग गरी उपलब्धिमूलक काम गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्त्वपूर्र्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची) माया प्रेममा सामीप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।




प्रतिक्रिया