महन्थ ठाकुरसहित चार जना नेतालाई स्पष्टिकरण सोध्ने जसपाको निर्णय

महन्थ ठाकुरसहित चार जना नेतालाई स्पष्टिकरण सोध्ने जसपाको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोसहित चार जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले पार्टीको नीति तथा निर्देशनविरुद्ध गएको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले पार्टीलाई जानकारी नै नदिई सरकारले गठन गरेको संविधान संशोधन कार्यदलमा बसेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

जसपाको केन्द्रिय कार्यकारिणी समितिमा उपेन्द्र यादवको पक्षमा बहुमत पुगेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र यादव दुवैको यसअघि केन्द्रिय समितिमा समान २५–२५ जना सदस्य थिए । तर, दुवै नेताको कित्ता फरक फरक भएपछि यादवको पक्षमा बहुमत जुटेको हो ।

तर,संसदिय दलमा भने ठाकुरको पक्षमा बहुमत छ । यद्यपी प्रतिनिधिसभा भने विघठन भइसकेको छ । यसअघि ३२ सदस्यिय संसदिय दलमा ठाकुरको पक्षमा १९ र यादवको पक्षमा १३ जना सांसद थिए । राष्ट्रियसभामा रहेका तीन जान सांसदहरु मृगेन्द्र सिंह,प्रमिला यादव र शेखर सिंह अध्यक्ष यादवको पक्षमा लागेका छन् ।

जसपाका अध्यक्ष यादव पक्षले शनिवार बोलाएको केन्द्रिय कार्यकारिणी समितिको बैठकमा ३१ जनाको उपस्थिती रहेको नेता मोहम्मद इस्तियाक राईले दावी गरे ।