सुनको भाउ ३ सय रुपैयाँले बढ्यो

सुनको भाउ ३ सय रुपैयाँले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको भाउ बढेको छ । तोलामा तीन सय रुपैयाँ बढेर आज सुनको भाउ प्रतितोला ९३ हजार ६ सय रुपैयाँ पुगेको हो ।

तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदी आज तोलामा ५ रुपैयाँ घटेर १३ सय ४५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।