काठमाण्डु – कोभिड–१९ को महामारी नियन्त्रणको प्रयास स्वरूप विश्वभरि समुदाय स्तरमा खोप लगाउने काम सुरु भएको छ । कोरोना भाइरसलाई पराजित गर्न खोप नै आवश्यक पर्ने विज्ञहरुले बताएका छन् ।
खोपले भाइरस, रोग वा सङ्क्रमणसँग लड्न शरीरलाई तयार गर्छ । यसले एन्टीबडी उत्पादन गरेपछि धेरै बिरामी बनाउने सम्भावना कम हुन्छ तर मानिसहरूले केही असर अनुभव गर्न सक्ने विज्ञहरु बताउँछन् ।
अहिले नेपालमा चिनियाँ खोप कम्पनी सिनोफार्मअन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भ्याक्सिन (भेरोसेल) खोपको दोस्रो मात्रा लगाइँदै छ । पहिलो मात्रा लगाएका व्यक्तिहरुले दास्रो मात्रा लगाउन सरकारले भनेको छ । दोस्रो मात्रा लगाउने खोप अभियानमा चीन सरकारले अनुदानमा दिएको ८ लाख मात्रा खोपमध्येबाट प्रयोग भइरहेको छ ।
के भेरोसिल खोप १ हप्तामै लगाउन मिल्छ ?
सामान्यतया भेरोसिल खोपको पहिलो डोज लगाएको २८ देखी ३० दिनसम्म दोस्रो डोज लगाउदा बढी प्रधावकारी पाइएको छ । नेपालमा पनि सोही अनुसार खोप कार्यक्रम तय भएको खोप विज्ञ श्यामराज उप्रेतीले बताए । उनले पहिलो डोज लगाएको हप्ता १० दिन भित्रै लगाउँदा कुनै नसर नगर्ने भएपनि २८ देखी ३० दिन भित्रमा लगाउदा बढी प्रभावकारी हुने बताए ।
‘अहिले हामीसंग खोपको मात्रा सिमित छ , विश्व समुदाय नै खोप प्राप्तीका लागि संघर्ष गरिरहेको अवस्थामा हामीले प्रभावकारिता हेरेर निर्णय लिनुपर्छ । जति अवधिको अन्तरमा लगाउँदा बढी प्रभावकारी हुन्छ सोही अनुसार लगाउँनुपर्छ,’ उनले भने, ‘अहिलेसम्मको अध्यनले भेरोसिल खोपको पहिलो र दोस्रो डोजको अन्तर २८ देखी ३० दिन मा प्रभावकारी पाइएको छ ।’
चिनियाँ खोप कम्पनी सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भ्याक्सिन (भेरोसेल) खोपको आठ लाख डोज १६ चैतमा नेपाल ल्याइएको थियो ।
भेरोसिलको पहिलो मात्रा २ लाख ८८ हजार ८३० जनाले लगाएका छने भने जेठ ५ गतेसम्म ८१ हजार जनाले दोस्रो मात्रा लगाएका छन् पहिलो मात्रा लगाएको संख्याका आधारमा उनीहरुलाई छुट्याएर करीब ३ लाख नयाँ व्यक्तिलाई लगाउन पुग्ने खोप छ । तर यसबारे थप निर्णय भएको छैन । भेरोसिल अहिले १८ देखि ५९ वर्ष उमेरका व्यक्तिलाई दिइएको छ ।
संक्रमितले खोप लगाउन मिल्दैन
कोभिड–१९ को संक्रिय संक्रमितले भने भेरोसिल खोप लगाउन नहुने विज्ञहरुको सुझाव छ । त्यस्तै संक्रमण मृक्त भएको एक महिनासम्प खोप लगाउन नपर्ने संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बताए ।
उनले भने, ‘संक्रमण मुक्त भएको एक महिनाभित्र खोप लगाउन आवश्यक छैन । किनभने, अहिले जुन भेरिएन्ट फैलिरहेको छ । त्यही भेरिएन्टका कारण एक महीनाभित्रै पुनः संक्रमण हुने सम्भावना एकदमै कम छ । यो अवधिमा अर्को भेरिएन्टसँग एक्स्पोज हुने जोखिम पनि कमै हुन्छ ।’
यस्तै अक्सिजनको मात्रा कम भएर स्टेरोइड्स नामक औषधि खाइरहेका व्यक्तिले पनि खोप लगाउन नहुने उनको सुझाव छ ।
उनले भने, ‘संक्रमण मुक्त भएका बिरामीलाई घर गएपछि पनि केही दिनसम्म स्टेरोइड्स खान सिफारिश गरिएको हुनसक्छ । उहाँहरूले स्टेरोइड्स औषधिको उपचार सकिएको (औषधि खान छोडेको) हप्ता दिनपछि मात्रै खोप लगाउँदा राम्रो हुन्छ ।’




प्रतिक्रिया