कांग्रेस पनि प्रचण्ड पथमा हिँड्योः प्रधानमन्त्री ओली

कांग्रेस पनि प्रचण्ड पथमा हिँड्योः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र सिद्ध्याउन खोज्ने शक्तिहरू हिंसालाई निरन्तरता दिन नसकेपछि शान्तिको बाटोका आएको बताएका छन् ।

बालुवाटारमा पत्रकारहरुसंगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले नेकपा माओवादीतर्फ इकिंत गर्दै हिंसात्मक गतिविधिबाट सत्ताकब्जा गर्न नसकेपछि बाध्य भएर शान्तिप्रकृयामा आएको बताए ।

‘देशमा हिंसा फिँजाउन हिँडेका शक्ति हिंसालाई निरन्तरता दिन नसक्ने भएपछि शान्तिपूर्ण बाटोमा आउनु एउटा कुरा हो र हिंसाको बाटोबाट सत्ता कब्जा गर्न नसकेपछि कब्जा यो शब्दलाई फेरी दोहोराएर भन्न चाहन्छु’, उनले भने, ‘हिंसाको बाटोबाट लोकतन्त्रको विरुद्ध, लोकतान्त्रिक प्रणालीका विरुद्ध, संवैधानिक र शान्तिपुण बाटोहरूका विरुद्ध चलाइएको हिंसात्मक गतिविधि त्यसबाट कब्जा गर्न नसकेपछि तरीका परिवर्तन गरेर शान्तिपुणढंगले लोकतान्त्रिक प्रक्रियामा आउन बाध्य भएपछि त्यस बाटोबाट फेरी कब्जा गर्ने नीति त्यो बुझ्न सकिन्छ ।’

उनले संवैधानिक बाटोबाट चाहेका कुरा प्राप्त गर्न सकिने बाटाहरू खुल्ला हुँदाहुँदै लोकतान्त्रिक प्रणालीका विरुद्ध बलजफत रूपमा सत्ता कब्जा गर्ने उद्देश्य लिएर हिंसात्मक गतिविधि फैलाउँदै हिँडेको आरोप लगाए ।

सबै विधि आपनाउदा समेत सत्ता कब्जा गर्न नसकेर पैतालाको धुलो बनेको बताए । साथै आफूलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेस पनि प्रचण्ड पथमा लागेको बताए ।