मन्त्रिपरिषद् हेरफेर हुन्छ, अध्यादेशबाट बजेट आउँछः प्रधानमन्त्री ओली

मन्त्रिपरिषद् हेरफेर हुन्छ, अध्यादेशबाट बजेट आउँछः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले आगामी आर्थीक बर्षको बजेट अध्यादेशमार्फत ल्याउने तयारी गरेको छ ।

आजभएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका हुन् ।

यो वर्षको बजेट कोभिड केन्द्रित हुने प्रधानमन्त्री ओलीको भनाइ छ । आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने उनले बताए ।

‘जेट १५ गते अध्यादेशबाट बजेट आउने हो ।  देशको भविष्यप्रति गैरजिम्मेवार भएर आउँदैन’ उनले भने ।

त्यस्तै उनले मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन् । प्रधानमन्त्री अ‍ोलीले अहिले विभिन्न ७ मन्त्रालयको जिम्मेवारी आफैंसँग रहेकाले केही समयमै मन्त्रिमण्डल हेरफेर हुने बताए ।

‘७ वटा मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ’, उनले भने, ‘दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’