काठमाण्डु – नेपाल टेलिकमले स्वाथ्यकर्मीहरुका लागि एक महिना निःशुल्क टेलिफोन सेवा उपलब्ध गराउने भएको छ ।
नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीले मात्र एक महिना निःशुल्क मोबाइल सुविधा पाउने परिषद्का रजिष्ट्रर पुष्पराज खनालले बताए । नेपाल टेलिकमले थ्याक्यू हेल्थ केयर वर्कस प्याकेज अन्तर्गत टेलिकमले सेवा उपलब्ध गराउन लागेको हो ।
सुविधाका लागि सम्बन्धित स्वास्थ्यकर्मीकै नाममा दर्ता भएको नम्बर हुनुपर्ने खनालले बताए । नेपाल टेलिकमको सिम कार्ड प्रयोग नगरेका व्यवसायीलाई भने निःशुल्क सिमकार्ड सहित डाटा उपलब्ध गराइने बताइएको छ ।
सुविधा लिन स्वास्थ्यकर्मीहरुले परिषद्को वेवसाइटमा फर्ममा गएर टेलिकममा दर्ता भएका स्वास्थ्यकर्मीले नाम, लाइसेन्स नम्वर,फोन नम्बर र इमेल ठेगाना भर्नुपर्ने छ ।





प्रतिक्रिया