काठमाण्डु – जनता समाजवादी पार्टी उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्षले कार्यकारिणी अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ ।
जसपा कार्यकारिणी समितिको बैठकले पार्टीको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको हो ।
निर्णयमा भनिएको छ, ‘बैठकले पार्टी कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ ।’
त्यस्तै बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर, संसदीय दलका नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रलाल शुक्लालाई स्पष्टिकरण सोध्ने निर्णय भएको बताइएको छ ।






प्रतिक्रिया