एमालेका मुख्य सचेतक र संसदीय दलका सचेतकले फिर्ता गरे गाडी

एमालेका मुख्य सचेतक र संसदीय दलका सचेतकले फिर्ता गरे गाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराई र संसदीय दलकी सचेतक शान्ता चौधरीले आफूहरुले पाएको सुविधा फिर्ता गरेका छन् ।

सांसदबाट पदमुक्त भएपछि आइतबार मुख्य सचेतक भट्टराई र सचेतक चौधरीले गाडी  संसद सचिवालयलाई जिम्मा लगाएका हुन् ।

संसद सचिवालयबाट दलका सचेतकले गाडी पाउँछन् भने प्रमुख सचेतकले गाडी र कार्यालय पाउने व्यवस्था छ ।

‘नेकपा (एमाले) को मुख्य सचेतकको जिम्मेवारी दुई महिना २२ दिन पुरा गरी आजबाट बिधिवत बिदा भएको छु । आजै त्यस हैसियतले मैले प्राप्त गरेको गाडि र कार्यालय संसद सचिवालयलाई जिम्मा लगाएको छु । मेरो सचिवालयमा रहेर काम गर्नुभएका साथिहरुलाइ पनि सधन्यबाद बिदा गरेको छु’, भट्टराईले भनेका छन् ।

चौधरीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र एमालेको संसदीय दलको सचेतकको रूपमा ३ वर्ष भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेको त्यसबाट धेरै सिक्ने अवसर पाएको बताएकी छिन् ।