सोमबार तपाईँको भाग्यफल कस्ताे रहला ?

सोमबार तपाईँको भाग्यफल कस्ताे रहला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विसं २०७८ साल जेठ १० गते सोमबार । इस्वी सन् २०२१ मे २४ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर १३ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेटमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मायाप्रेम तथा पतिपत्नीबीच केही विषयमा मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ, सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन बढी नै सङ्घर्ष गर्नुपर्नेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) पढाइलेखाइमा मन नजाँदा वा घर बस्न मन नलाग्दा अरूभन्दा पछि परिनेछ । आमा वा घरपरिवारका आफूले मान्नुपर्ने मानिसहरूको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला ।माया गरेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामीप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाइलो यात्राको तय गर्न सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूले थोरै समय दिँदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) छोटो तथा रमाइलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  आफ्नो संस्कार तथा रीतिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी वस्तुहरूको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)  माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने घरपरिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालनमार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइको सहयोग हुने हुँदा मन प्रसन्न रहनेछ । मायाप्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) दास्वास्थ्य सबल रहने हुँदा शरीरमा एक किसिमको जोस जाँगर आउनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)  मायाप्रेममा अरूकै नकारात्मक टीकाटिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पतिपत्नीबीच अविश्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला, समान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । लामो दूरीको विदेश यात्राको तय हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) कामका सवालमा उठ्ने गोप्यकुरा बाहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । दिदीबहिनीसँग मनमुटाव बढ्नेछ भने समयमा काम नसकिने हुँदा मानसिक चिन्ता बढ्नेछ ।