भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिमकाेट – केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन्।

नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन्।

वर्षाको समयमा उच्च हिमाली क्षेत्रमा चरनका लागि लगेको भए पनि अत्यधिक हिमपात हुँदा घरमा ल्याउँदै गर्दा १५० भेडाबाख्रामध्ये ५० वटा हिउँमा परेर मरेको बुढाले जानकारी दिए। बाँकी बाख्रासमेत झोक्राएर बस्ने गरेको उनले बताए।

उपचारका लागि सम्बन्धित निकायलाई सहयोग गरिदिन उनले आग्रह गरेका छन्। दशकौँपछि एक्कासि वैशाखमा भएको हिमपातले आफ्नो रोजीरोटी खोसिएको उनको भनाइ छ। जिल्लामा एउटा भेडाको मूल्य रु १० हजारसम्म पर्छ।-रासस