प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, नेपाल समूहमाथि कारबाहीको सम्भावना

प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, नेपाल समूहमाथि कारबाहीको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

पार्टीभित्रका विवाद एवं सरकारका विषयमा छलफल गर्न प्रधानमन्त्री अ‍ोलीले सोमबार दिउँसो ४ बजे बालुवाटारमा बैठक बोलाएका हुन् । आजको बैठकले माधव नेपाल समूहका नेताहरुमाथि कारबाही गर्ने सम्भावना रहेको छ ।

केही दिन अगाडि एमालेले नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोधेको स्पष्टिकरण सोधेको थियो । आजको बैठकले उनीहरुमाथि थप कारबाहीको सम्भावना रहेको स्रोतले जानकारी दियो ।